प्रवास

संयुक्त नेपाली महासंघ मुम्बईद्वारा गोरेगाउँ शाखा पुनर्गठन

बिज्ञापन

मुम्बई, २० असोज । संयुक्त नेपाली महासंघ मुम्बईले गोरेगाउँ शाखा पुनर्गठन गरिएको छ ।

बिज्ञापन

महासंघका उपाध्यक्ष (अर्थ–संघठन) पूर्ण ब. कुंवरको अध्यक्षतामा बसेको बैठकले सर्वसहमतीका साथ केंद्रीय अध्यक्ष धीर रावलले दिनेश भट्टराईलाई अध्यक्ष पदमा मनोनीत गर्नु भएको थियोे र उहाँलाई वैधानिक रुपमा शपथ दिलाउनु भएको थियो । ्निर्वाचित भइसकेपछि नवनियुक्त अध्यक्षले अन्य पदाधिकारीहरुलाई शपथ गराउनु भएको थियो । कार्यक्रमको संचालन महामंत्री बिष्णु काफ्लेले गर्नु भएको थियो । नवनिर्वाचित अध्यक्षलाई कार्यक्रमका अध्यक्षले पुष्प गुच्छाले स्वागत गरि आफ्नो मंतब्य राख्नु भएको थियो ।

मंचमा केंद्रीय अध्यक्ष धीर रावल, महिला प्रमुख श्रीमती बैजन्ती रावलले पनि शुभकामना दिनु भएको थियो । उपाध्यक्ष रविचंद्र भट्टराई,पूर्ब अध्यक्ष हाल बारिष्ट सल्लाहकार सदस्य जगत ब. सिंह र भरत रावलले नवनिर्बाचित पदाधिकारीहरूलाई शुभकामनाका साथै मार्गदर्शन गर्नु भएको थियो ।

उक्त अवस्थामा संरक्षक सदस्य–सल्लाहकार काशी पाण्डेयले अनुशासनका साथ मर्यादा नबीर्सन सुझाब दिनु भएको थियो । त्यस्तै शिक्षा सचिब सीता काफ्लेले शुभकामना दिनु भएको थियो ।संरक्षक सदस्य –सल्लाहकार नवराज थापाले महासंघको कोष बढ़ाउनको लागी संरक्षक सदस्यहरुले मासिक रु. १००÷– आजीवन सदस्य हरूले मासिक रु.५०÷– अनिबार्य संस्थाको खाता जम्मा गर्न अनुरोध गर्दै आफैले ₹ ज्ञद्दण्ण्÷– खाता मा जम्मा गरी सुरुवात गर्नु भया । !संघठन सचिब यूबराज न्यूपानेले आगामी दिनमा महासंघ बिस्तार अन्य शहरहरूमा पनि गर्ने साथै शिक्षित र युवा बर्गहरूलाई पनि समाबेशगरि उनीहरुलाई नेतृत्व दिएर मात्र समाज लाई अगाडी ल्याउन सकिन्छ भन्दै आफ्नो बिचार राख्नु भयेको थियो । !शाखा गठनको लागी महत्वपूर्ण भूमिका संघठन सचिब कै रहेको छ । शाखाका पूर्ब सचिब रामलाल पंथका साथै कार्यकारिणी सदस्य प्रकाश परियारले सदस्यता अभियानलाई तिब्रता दिनु भएको थियो साथै सह महासचिव भीमराज गैरे महासंघको कार्य गतिविधि वेबसाइट, फेसबूक मार्फत प्रसारण लाई निरंतरता दिनु भएको थियो । काममाकार्यक्रममा केंद्रीय पदाधीकारी लगायत स्थानीय नेपाली प्रबासी हरुको सहभागिता रहेको थियो । नवनिर्वाचित शाखा अध्यक्ष दनेश भट्टराईको नेतृत्वमा १० जना पदाधिकारी र १५ जना कार्यकारिणी सदस्यहरु मनोनीत गर्नु भएको छ । अन्तमा शाखाका सम्पूर्ण नवनिर्बाचित सदस्यहरुलाई शुभकामना दिदै कार्यक्रमका अध्यक्षूले कार्यक्रमको समापन गर्नु भएको थियो ।
प्रमुख सल्लाहकार श्री सुरेश घिमिरे ज्यु
उपप्रमुख सल्लाहकार श्री बिष्णु पाण्डेय ज्यु
उपाध्यक्ष–गोपी थापा
उपाध्यक्ष –सकुंतला पाण्डेय
सचिब –लक्ष्मी कार्की
सह सचिब –बन्दना गजुरेल
कोषाध्यक्ष –पूजा सापकोटा पाण्डेय
अर्थ सचिब –रमेश न्यूपाने
शिक्षा सचिब –सबिता पाण्डेय
संस्कृतिक सचिब –ऋचा भंडारी अर्याल
संघठन सचिब –कमल पाण्डेय

सचिब लक्ष्मी कार्कीले पदभारको जिम्मेदारीका साथ सबैको साथ–सहयोग लिएर संस्थालाई अगाडि बढ़ाउने प्रण गर्नु भयो!शाखाका पूर्ब अध्यक्ष्य नेत्रलाल गैरेले सफल कार्यकालको शुभकामना दिनु भएको थियो ।

बिज्ञापन