टीकापुर

IAAS को सातौं राष्ट्रिय सम्मेलन सम्पन्न

बिज्ञापन

टीकापुर, २१ असोज IAAS को सातौं राष्ट्रिय सम्मेलन सम्पन्न भएको छ ।
टीकापुरको टी.एम.सीमा आयोजित Preserving culture wisdom : youth efforts towards climate Action & indigenous Technology भन्ने नारालाई मुख्य विषय–वस्तु बनाई असोज १५ गते आरम्भ भएको उक्त राष्ट्रिय सम्मेलन असोज १८ गते समाप्त भएको छ । करिब १८० जना सहभागी भएको यस सम्मेलनमा पहिलो दिन असोज १५ गते बिहान ८ बजेदेखि ९ बजेसम्म कृषि विज्ञान संकाय सुदुरपञ्चिम विश्वविद्यालयको फर्म अवलोन गरिएको थियो । त्यसपछि ११ बजेबाट कार्यक्रम उद्घाटन गरिएको थियो । कार्यक्रममा प्रमुख अतिथि टीकापुर नगरपालिकाका नगर प्रमुख रामलाल डगौरा थारु हुनुहुन्थ्यो भने विशिष्ट अतिथिहरुमा कालु हमाल (अगुवा कृषक), सुशील न्यौपाने (कृषि विभाग प्रमुख–सु.प.वि.कृषि विज्ञान संकाय) हुनुहुन्थ्यो । यसैगरि कार्यक्रमको सभादक्ष महेश रोकाय हुनुहुन्थ्यो भने अतिथिहरुमा रवि राउत, प्रेम बुढाथोकी, विमल कोइराला, वसन्त पाण्डे हुनुहुन्थ्यो ।
४ बजे औपचारिक कार्यक्रमको समापन भएको केहि समयपछि workshop को साधारण सभा भाग– १ आरम्भ भएको थियो जसमा नयाँ एजेण्डाहरुलाई संसोधन गरिएको थियो ।
दोस्रो दिन ५०/६० जनाको सहभागितामा IAA-President रवि राउतद्वारा IAAS-President विहान ७ बजेबाट ९ बजेसम्म भएको थियो ।
त्यसपछि १० बजेबाट साधारण सभा भाग–२ सुरु भएका्े थियो । जसमा पहिला हरेक local committee को presentation भएको थियो र त्यसपछि executive board र control board को उचभकभलतबतष्यल भयो ।
४ बजेबाट presentation भयो । जसलाई scientific Paper Presentation रंजना दुवालले गर्नु भएको थियो । जसबाट फौजी किराको व्यवस्थापन कसरी गर्ने भन्ने कुराहरुको ज्ञान गराउनु भएको थियो ।
तेस्रो दिन ८० जनाको सहभागितामा बिहान ७ बजेबाट समय व्यवस्थापन र कुन कामलाई प्राथमिकता दिने सम्बन्धमा Hosting LC Presentation वसन्त पाण्डेले धयचपकजयउ संचालन गर्नुभएको थियो ।
१०.३० बजे candidate presentation गरियो साथै Hosting LC Presentation गरियो ।
अन्त्यमा १२.३० बजे विकास कोषका लागि पुनः बाँकी सामान, चित्रकलाहरु अक्सनमा राखी बेचिएको थियो ।

बिज्ञापन
बिज्ञापन