राष्ट्रिय समाचार

इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई पत्र- हाम्रो आत्मबल सकिँदैछ, आफ्नै देशमा फर्काइदिनुस्

बिज्ञापन

काठमाडौं । अनाहकमा १० जना नेपालीले ज्यान गुमाइसकेको इजरायल-प्यालेस्टाइन युद्ध अझ अमानवीय बन्दै गएका बेला इजरायलमा कार्यरत नेपालीहरूको अवस्था विकराल बन्दै छ ।

बिज्ञापन

कृषि विश्वविद्यालयबाट गएका विद्यार्थी तथा जिटुजीबाट गएका कामदार नेपालीहरू कोही बङ्करभित्र भोक भोकै छन् भने कोही उद्धारको याचना गरिरहेका छन् ।

युद्ध लम्बिँदै जाँदा अनकण्टार त्यो ठाउँमा उनीहरूको अवस्था कस्तो होला ? कल्पना गर्दा पनि कहालीलाग्दो छ ।

त्यस्तै याचना गर्नेमध्येका एक विद्यार्थी सुरज भण्डारीले आज इजरायलको बङ्करबाट प्रधानमन्त्रीलाई सम्बोधन गर्दै हस्तलिखित पत्र पठाएका छन् ।

आफ्नो अभिभावक सरकारबाट के हुन्छ भनेर पर्खेर बसेका ३ हजारभन्दा बढी नेपालीको प्रतिनिधित्व गर्दै उनले पठाएको पत्र आफैँमा दर्दनाक छ ।

उनले आफूहरूको आत्मबल घट्दै गएको र सपनाको संसार भत्किँदै गएको भन्दै देश फर्काइदिन आग्रह गरेका छन् । अन्नपूर्ण गाउँपालिका–२ कास्कीका भण्डारी कृषि तथा वन विज्ञान विश्वविद्यालयबाट पढ्नका लागि इजरायल गएको एक वर्ष पनि पुगेको छैन ।

एमालेनिकट अनेरास्ववियुका नेता समेत रहेका भण्डारीले प्रधानमन्त्रीले लेखेको हस्तलिखित पत्रलाई नेपाल प्रेसले जस्ताको तस्तै सरोकारवालासम्म पुगोस् भनेर स्थान दिएको छ ।

यस्तो छ पत्र-

बिज्ञापन