राजनीति

सुदूरपश्चिम एमाले अधिवेशन : सुरु भएन बन्द सत्र, सहमतिको प्रयास जारी

बिज्ञापन

कैलाली । सुदूरपश्चिम प्रदेश अधिवेशनमा अहिले सम्म बन्दसत्र सुरु हुन सकेको छैन । आज बिहान ८ बजे देखि बन्दसत्र सुरु गर्ने तयारी गरिएको थियो । तर अहिले सम्म बन्दसत्र स्थलमा शीर्ष नेताहरू पुगेका छैनन् ।

बिज्ञापन

प्रदेशमा सहमतिको प्रयास भइरहेको नेताहरूको दाबी छ । महासचिव शंकर पोखरेलले अहिले सहमतिको प्रयासको लागि छलफल गरिरहेको ती नेताले बताए ।

‘धनगढीको एक होटेलमा बसेर उहाँ नेताहरू संग सुझाव लिइरहनु भएको छ’ ती नेताले भने ‘सके सम्म सर्वसम्मत नेतृत्व चयन गर्नु पर्छ भन्नेमा उहाँ लागिरहनु भएको छ ।’

उद्घाटन सत्र सकेर हिजै काठमाडौं फर्किएका अध्यक्ष केपी शर्मा ओलीले महासचिव पोखरेललाई थप निर्णय लिने अधिकार दिएका छन् । जिल्ला इन्चार्ज र अध्यक्ष सङ्ग सुझाव लिएर सर्वसम्मत गर्ने गरी महासचिव पोखरेल लागिरहेको एमाले नेताहरू बताउँछन् ।

अध्यक्षमा अछामका कृष्ण प्रसाद जैशी, अछामकै कमल तिमिल्सिना र कञ्चनपुरका वचन सिंहले दाबी गरेका छन् । उनीहरू मध्य सहमतिको प्रयास भइरहेको हुँदा बन्दसत्र ढिला भएको हो ।

बिज्ञापन