राष्ट्रिय समाचार

सिसापाङमा हिमाल चढ्न गएका दुई जनाको मृत्यु, दुई बेपत्ता

बिज्ञापन

काठमाडौं । तिब्बतस्थित सिसापाङमा हिमाल आरोहणमा गएका दुई जनाको मृत्यु भएको छ । शनिबार दिउँसो सिसापाङ हिमालको सात हजार ९ र सात हजार सात मिटरमा दुई वटा हिमपहिरो जाँदा २ जनाको मृत्यु भएको हो ।

बिज्ञापन

हिम पहिरोमा दुई जना बेपत्ता छन् । सेभेन समिट ट्रेक्सका प्रबन्धक थानेश्वर गुरागाईंका अनुसार हिमपहिरोमा परेर अमेरिकी महिला आरोही अन्ना गुटु र उनका गाइड मिङ्मार शेर्पाको मृत्यु भएको हो ।

उनीहरुको शव फेला परेको छ । उनीहरुको शव अहिले बेसक्याम्पमै रहेको र काठमाडौं ल्याउने तयारी भइरहेको छ । अमेरिकी आरोही जिना मारिया र उनका गाइड तेन्जेन लामा शेर्पा भने बेपत्ता भएका छन ।

तेन्जेनले केही समयअघि मात्रै नर्वेकी क्रिस्टिन हरिलासँगै ९२ दिनमा विश्वका आठ हजार मिटर अग्ला १४ वटा हिमाल आरोहण गरी कीर्तिमान बनाएका थिए । त्यस्तै, कामिरिता शेर्पा र कर्मा ग्याल्जेन शेर्पा र अर्का एक घाइतेको उद्धार गरेर बेसक्याम्प ल्याइएको छ ।

आठ हजार मिटर अग्लो सिसापाङमा हिमाल विश्वको चौधौं अग्लो हिमाल हो। हिमपहिरो जाँदा अमेरिका, बेलायत, रोमानिया, अल्बानिया, इटाली, जापान र पाकिस्तानका गरी ५२ आरोही आरोहण यात्रामा थिए ।

बिज्ञापन