राजनीति

राजेन्द्र लिङदेनलाई प्रचण्डको प्रस्ताव- कोशीमा सरकार गठनको लागि सहयोग गर्नुस्

बिज्ञापन

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र राप्रपा अध्यक्ष लिङदेनबीच भेटवार्ता भएको छ । प्रधानमन्त्री तथा मन्त्रीपरिषद्को कार्यालय सिंहदरबारमा प्रधानमन्त्रीसँग अध्यक्ष लिङदेनले भेटवार्ता गरेका हुन् ।

बिज्ञापन

भेटमा समसामयिक राजनीतिक घटनाक्रम, कोशी सरकार गठन लगायको विषयमा छलफल भएको राप्रपा प्रवक्ता मोहन श्रेष्ठले बताए । उनले भने, ‘अध्यक्षज्यू र प्रधानमन्त्रीको भेटवार्ता भएको थियो । त्यहाँ प्रधानमन्त्रीले कोशी सरकार गठनको लागि सहयोग गर्न प्रस्ताव गर्नुभएको छ । हाम्रोतर्फबाट अध्यक्षज्यूले ठोस जवाफ दिनुभएको छैन ।’

उनले प्रधानमन्त्रीसँग फेरि भेट्ने सहमति भएको समेत बताए ।

उनले भने, ‘कोशीमा सरकार गठनको लागि हामी नै निर्णायक हौं । त्यसैले अहिले त्यसबारेमा संवाद सुरु भएको छ । कुनै सहमतिमा पुगेका छैनौं ।’

त्यसो त कोशीमा आफ्नै नेतृत्वको सरकार बनाउने निर्णय गरेको कांग्रेसका सभापति शेरबहादुर देउवाले पनि अध्यक्ष लिङदेनसँग भेट्ने तयारी गरेका छन् । आज बिहान बसेको कांग्रेस पदाधिकारी बैठकले आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन गर्ने निर्णय गरेको थियो ।

कोशीमा सरकार गठनको लागि अहिले गठबन्धन दल राप्रपाको साथ खोजेको छ । कोशीमा संविधानको धारा १६८ को उपधारा ५ अनुसार सरकारको दाबी गर्न प्रदेश प्रमुखले असोज २६ गते समय दिएका छन् ।

बिज्ञापन