खेलकुद

एसीसी यू-१९ प्रिमियर कप : इरानलाई नेपालले दियो ३५४ रनको विशाल लक्ष्य

बिज्ञापन

काठमाडौं । मलेसियामा आजबाट सुरु भएको एसीसी यू १९ प्रिमियर कपमा इरान नेपालले इरानलाई ३५४ रनको विशाल लक्ष्य प्रस्तुत गरेको छ । कप्तान देव खनालले नेपालका लागि विष्फोटक शतक बनाए ।

बिज्ञापन

नेपालले ४०।१ ओभरमा सबै विकेट गुमाएर ३५४ रन बनाएको हो । पूरा ५० ओभर खेल्न नसक्दा नेपाल किर्तिमानी स्कोर बनाउने सम्भावनाबाट चुक्यो । १० ओभरको खेल बाँकी छँदा नै नेपालले १० विकेट गुमाएको थियो ।

टस हारेर पहिले ब्याटिङ गरेको नेपालले खराब सुरुवात गरेको थियो । अर्जुन कुमार दोस्रो बलमै आउट भए भने तेस्रो नम्बरमा आएका आकाश त्रिपाठीले पनि ९ बलमा ३ रन मात्रै बनाउन सके । १० रनमै दुई विकेट गुमाएको अवस्थामा देवले ओपनर दिपक बोहोरासँग मिलेर नेपाललाई खेलमा फर्काएका थिए ।

बिज्ञापन