Uncategorized

सुदूरपश्चिममा एमालेका सबै पदाधिकारी सर्वसम्मत

बिज्ञापन

कैलाली । नेकपा एमाले सुदूरपश्चिम प्रदेश कमिटीका सबै पदाधिकारी सर्वसम्मत भएका छन् ।

बिज्ञापन

अध्यक्षमा अछामका कृष्णप्रसाद जैशी, उपाध्यक्षमा बाजुराका कालीबहादुर शाही, सचिवमा कैलालीका रणबहादुर चन्द उपसचिवमा कञ्चनपुरका नरबहादुर बिक र कैलालीकी भागरथी विष्ट सर्वसम्मत भएका हुन् ।

उपाध्यक्षमा शाही हिजो नै सर्वसम्मत भए पनि अन्य पदमा भने आज सहमति भएको हो ।

अध्यक्षमा भरत साउदले उम्मेदवारी फिर्ता लिँदा जैशी सर्वसम्मत भएका हुन् भने महिला उपसचिवमा कन्दकला रानाले उम्मेदवारी फिर्ता लिएपछि बिस्ट सर्वसम्मत भएकी हुन ।

यस अघि आजै सचिवमा रतन रेग्मी फिर्ता लिँदा चन्द र अशोक चन्द फिर्ता लिँदा बिक सर्वसम्मत भएका हुन् ।

बिज्ञापन