आस्था /आध्यात्म

निरिच्छत निष्काम सेवालाई दर्शाउँछन् भक्त, ७६औं वार्षिक निरंकारी सन्त समागमको तयारी तिब्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दिल्ली, ११ अक्टूम्बर । सन्त निरंकारी आध्यात्मिक स्थल समालखामा निरंकारी मिशनको ७६औं वार्षिक सन्त समागम, पछिल्ला ७५ वर्षहरुको जस्तै यस वर्ष पनि भव्यतापूर्वक आउँदो २८, २९ र ३० अक्टूम्बर, २०२३ का दिन सत्गुरु माता सुदीक्षा जी महाराज एवं निरंकारी राजपिता जीको पावन सानिन्ध्यमा आयोजित हुन गइरहेको छ । यस समागमको भरपूर आनन्द विश्वभरिबाट आएका सबै निरंकारी भक्त एवं श्रद्धालुहरुद्वारा प्राप्त गरिने छ । यस शुभ सूचनाबाट सम्पूर्ण निरंकारी जगतमा अत्यन्त उत्साहले भरिएको वातावरण छ जहाँ भारतका प्रत्येक राज्यबाट आएका भक्तहरुले आफ्नो हृदयमा ‘वसुदैव कुटुम्बकम्ब’ को सुन्दर भाव लिएर एक विस्तृत परिवारको रुपमा सत्गुरुको साकार दर्शन एवं उनको दिव्य वाणीलाई श्रवण गर्ने छन् । यो एउटा आफैमा अलौलिक दृश्य हुने छ जहाँ सबै जनमानस आफ्नो भाषा, जाति, धर्म एवं वर्णलाई बिर्सेर ‘एकत्व’ को दिव्य सन्देशलाई वास्तविक रुपमा चरितार्थ गर्ने छन् ।

समागम अर्थात सन्तहरुको संगम, यस पावन अवसरको तयारी पूर्ण समर्पण एवं चेतनताको साथ भक्तहरुद्वारा गरिदैछ । जतातिर पनि दृष्टि हाल्छौ त्यतैतिर हजारौको संख्यामा निःस्वार्थ भावबाट सबै श्रद्धालु भक्तहरु सूर्यको पहिलो किरणदेखि बेलुका सूर्य नडुब्दासम्म सत्गुरुको साकार रुपमा दर्शन गरेर झुम्दै, गाउँदै, नाच्दै आफ्नो सेवालाई आनन्दपूर्वक निभाई रहेका छन् । यस अनुपम दृश्यलाई हेरेर यस्तो प्रतीत भइरहेको छ जस्तै यी श्रद्धालुहरुमा निरंकारी मिशनको सिखलाई मिलवर्तन एवं एकत्वको सुन्दर भावलाई प्रदर्शित गरिरहेको छ । बालक, युवा र वृद्धा सबै पूरा जोशको साथ बढ चढेर उक्त सेवालाई पूरा तनमयतापूर्वक योगदान दिरहेका छन् । सन्तद्वारा संगतको लागि टेन्ट लगाउन, अन्य व्यवस्थामा सहयता गर्नु आदि जस्ता कार्य पनि हर्षोल्लासपूर्वक गरिदै छ ।

बिज्ञापन

यस पावन सन्त समागममा सम्पूर्ण भारतवर्षका अतिरिक्त दूर देशबाट पनि लाखौंको संख्यामा आउने सबै श्रद्धालु भक्तहरुको लागि समुचित प्रबन्ध व्यवस्था गरिदै छ । निरंकारी सेवादलका भाइबहिनीहरुले नीलो एवं खाकी वर्दी लगाएर रेलवे स्टेशन, बस अड्डा र एयरपोर्टमा आउने सबै श्रद्धालु भक्तहरुलाई स्वागत गर्न र उनीहरुलाई उनको पूर्व निर्धारित निवास स्थानमा पु¥याउने प्रबन्ध गर्दै गरेको दृश्य देखा पर्ने छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।