आस्था /आध्यात्म

निरंकारी मिशन सुन्दर नाम भए जस्तै काम पनि सुन्दर गरेको छ– अध्यक्ष रावल

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सडकपुर बैनियाँ, २४ असोज । निरंकारी मिशन सुन्दर नाम भए जस्तै काम पनि सुन्दर गरेको कुरा सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले बताउनु भएको छ ।


गत असोज २० गते कैलालीको सडकपुर बौनियाँ स्थित सन्त निरंकारी सत्संग भवनमा आयोजित संगतलाई सम्बोधन गर्दै सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय अध्यक्ष नर बहादुर रावलले भन्नुभयो, सन्त निरंकारी मिशनले आध्यात्मिक जागृतीको माध्यमबाट सुन्दर जीवन जिउने पद्धती देखाउनुको साथै सुन्दर भक्तिको मार्ग पनि प्रदान गर्ने कुरा बताउनुभयो । भक्ति केवल त्यही सुन्दर हुन्छ, जो सत्गुरुको रव्वी बचन अनुसार हुन्छ अन्यथा आफ्नो इच्छा अनुसार काम गरे कदापी भक्ति सुन्दर हुन सक्दैन । त्यसैले जहिले पनि सेवा, भक्ति मर्यादामा रहेर अनुशासित पूर्वक, सत्गुरुको जस्तो आदेश आउँंछ त्यस्तै प्रकारले गरिन्छ भने मात्र फलदायी एवं सुन्दरमय हुन्छ ।

बिज्ञापन

आज सत्गुरुको हामी माथि कृपा भएको छ, जसको कारण हामी भक्ति गरिरहेका छौं । सत्गुरुको शरण हामीलाई प्राप्त नभएको भए फेरि हामी संसारमा भौतारिने थियौ । मानव जीवन व्यर्थ जाने थियो । त्यसैले समयको सत्गुरुको शरणमा आएर ब्रम्हज्ञान लिएर मानव जीवन सार्थक गर्न सकौं, उहाँले आग्रह गर्नुभयो ।

भर्खरै १ महिना अगाडि मात्र अध्यक्ष रावल, अमेरिकाको सन्त समागममा सहभागी भई नेपाल फर्कनुभएको हो, समागममा सत्गुरु माता जीको दर्शनका साथै नेपालको विविध विषयमा जानकारी समेत दिने अवसर मिलेको कुरा उहाँंले बताउनु भयो । अमेरिका लगायत विदेशका राष्ट्रमा मिशनका सेवादार लगायत सन्तहरु अति नै मेहनेती र समर्पण रहेका र हामीले पनि त्यस्तै समर्पण भक्ति गरे सत्गुरु खुशी हुने कुरा उहाँले बताउनुभयो ।

यसको साथै स्थानीय सत्संगका सेवादल मदन जोशी वडा सचिवमा सिफारिस हुनुभएको र सुशिला कुँवर मा.वि. को प्रधानाध्यापकमा सिफारिस हुनुभएकोमा उहाँ दुवै सेवादारलाई पनि अध्यक्ष रावलले बधाई तथा शुभकानमना दिनुभयो ।

सत्संग कार्यक्रममा सन्त निरंकारी मण्डल नेपालका केन्द्रीय सदस्य देवराज रिमाल, सडकपुर बौनयां सत्संग भवन मुखी विजय सिंह कँुर, तेज बहादुर बोहरा, बन्सीका भण्डारी, दिपक रावल, ईन्द्र सिंह लगायत स्थानीय सन्त–भक्तहरुले आ–आफ्नोभाव व्यक्त गरेका थिए भने सत्संगको संचालन सन्त निरंकारी मण्डल नेपालका मिडीया सहायक राजन रेग्मीले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।