राष्ट्रिय समाचार

नेपालगञ्जमा आगलागीबाट ७ पसल जल्यो, एक करोडभन्दा बढी क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

रुपन्देही । बाँकेको नेपालगञ्जस्थित बीपीचोकस्थित फर्निचर पसलहरूमा भएको आगलागीबाट एक करोडभन्दा बढी क्षति भएको छ । शुक्रबार बिहान लागेको बगोमा ६ वटा फर्निचर पसल र एउटा किराना तथा नास्ता पसल जलेको छ ।

विद्युत सर्ट भएर महबुद जसगढको आलिया ट्रेर्डस (काठ फर्निचर) पसलमा बिहान साढे ४ बजेतिर आगो सल्किएको थियो । त्यसपछि सँगै रहेका अन्य पसलमा पनि क्षति पुगेको बाँके प्रहरीले जनाएको छ । आगलागीबाट नेपालगञ्ज-१२ कै मिठ्ठु खान हुसेनको मिठ्ठु रिफ्रेसिङ मोटरसाइकल सेन्टर, नेपालगञ्ज १६ जयसपुर बस्ने बारुदिन जोलाहाले संचालन गरेको वारसी काठ फर्निचर, सोही ठाउँ बस्ने अलिहुसेन अन्सारीले सञ्चालन गरेको सनिया स्टिल फर्निचर, नेपालगञ्ज ११ बस्ने सरिफ शेषले सञ्चालन गरेको गिलमान फर्निचर र बर्दिया बढैयाताल गाउँपालिका ६ बस्ने शान्ति चन्दले संचालन गरेको चिन्टु किराना एण्ड नास्ता पसल पूर्णरूपमा जलेको छ ।

बिज्ञापन

हरिराम काश्यपको लक्ष्मी स्टिल फर्निचर आंशिक क्षति पुगेको छ । पसलधनीले दिएकव जानकारी अनुसार करिब एक करोड ३ लाख बराबरको क्षति विवरण प्राप्त भएको घटनास्थलमा पुगेका बाँकेका प्रहरी नायब निरीक्षक पुस्कर विकले जानकारी दिए ।

स्थानीय र दमकलको सहयोगमा करिब २ घन्टामा आगो नियन्त्रणमा आएको प्रहरीको भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।