आस्था /आध्यात्म

सन्त निरंकारी मिशनको जस्तै मितव्ययता गर्नसके देशलाई सुनको चिडिया बनाउन सकिने– नर बहादुर रावल (अध्यक्ष– सन्त निरंकारी मण्डल नेपाल तथा सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठीयार अध्यक्ष)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सन्त निरंकारी मिशनको जस्तै मितव्यायता गर्न सके देशलाई सुनको चिडिया बनाउन सकिने कुरा भवन उद्घाटन कार्यक्रमका विशिष्ट अतिथि तथा सन्त निरंकारी मण्डलका अध्यक्ष र सन्त निरंकारी आदर्श विद्या मन्दिरका गुठीयार अध्यक्ष नर बहादुर रावलले बताउनु भएको छ ।

उहाँले आज सन्त निरंकारी आदर्श विद्या मन्दिरको भवन निर्माणको लागि दिनरात खटिएर एक चिया पनि नखाएर सरकारले दिएको अनुदानको एक÷एक पैसाको बचत गरेको बताउँदै यदि यस्तै मितव्ययिता नेपालका सबै ठाउँमा गर्नसके देशलाई नै सुनको चिडिया बनाउन सक्ने दावी गर्नुभयो ।

बिज्ञापन

रावलले दुई कोठे भवनको निर्माण खर्च जम्मा २३,८५,०४५÷– (अक्षेरुपी– तेइस लाख पचासी हजार पैतालिस रुपैयाँ मात्र) भएको बताउनु भएको छ भने प्रदेश सरकारबाट ईस्टिमेट बजेट रु. २६,३२,८७४÷४३ रहेको थियो । स्कूलको तर्फबाट रु. ५,६६,२७९÷– खर्च गरिएको थियो जसमा रु. २,४७,८२९÷– कम खर्च भएको कुरा बताउनु भयो ।

उहाँले टीकापुरका अधिकांश विद्यालयहरुमा चिसो–तातो आउने पिउने पानी मिशनको सबै ठाउँमा जडन गरिएको तर यस सन्त निरंकारी आदर्श विद्या मन्दिरलाई नहेरिएकोमा दुःख व्यक्त गर्दै प्रमुख अतिथिको ध्यानाकर्षण गराउनु भयो र जतिसक्दो चाँडो अगामि दिनमा त्यसको पूर्ति गर्नुको साथै विद्यालयको माथि रहेको दुई कोठे भवन बन्न अधूरो रहेकोले त्यसको निर्माण गरिदिन पनि आग्रह गर्नुभयो ।

विद्यालयका प्रिन्ससिपल टेक बहादुर चन्दको स्वागत भाषणबाट आरम्भ भएको उक्त कार्यक्रममा विद्यालयका अध्यक्ष श्रीराम काफ्लको अध्यक्षतामा सम्पन्न भएको थियो । कार्यक्रममा गुठीयार बोर्डका सदस्य, सल्लाहाकार, शिक्षक कर्मचारी तथा सन्त–भक्तहरुको उपस्थिति रहेको थियो भने कार्यक्रमको संचालन विद्यालयका लेखापाल सत्यराज शर्माले गर्नुभएको थियो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।