आस्था /आध्यात्म

सन्त निरंकारी मिशन एउटा स्वार्थ रहित संस्था हो– डा. रण बहादुर रावल (पूर्व आन्तरिक मामिला तथा कानून मन्त्री, सुदूरपश्चिम प्रदेश)

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

टीकापुर, २७ असोज । पूर्व सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुन मन्त्री डा. रण बहादुर रावलले सन्त निरंकारी मिशन एउटा स्वार्थ रहित संस्था भएको बताउनु भएको छ ।

टीकापुरस्थित सन्त निरंकारी आदर्श विद्या मन्दिर टीकापुरको नव निर्माण दुई कोठे भवनको उद्घाटन गर्ने क्रममा पूर्व मन्त्रीले उक्त कुरा बताउनु भएको हो । प्रमुख अतिथिको आसनबाट बोल्दै उहाँले आजभन्दा ९४ वर्ष अघि सन्त निरंकारी मिशनको स्थापना भएको स्मरण गर्दै विश्वमा एक मात्र यस्तो संस्था छ जो यसको कुनै स्वार्थ छैन । यो विशुद्ध मुनाफा रहित संस्था हो । जसको कारण आज सन्त निरंकारी मिशन पूरा विश्वमा फैलिएको छ । सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावल गत महिना अमेरिकामा भएको विशाल निरंकारी सन्त समागम समारोहमा उपस्थित भएकोमा आफू नै दंङ्ग परेको बताउनुभयो । विश्वको शक्तिशाली राष्ट्र अमेरिकामा पनि मिशनका यति धेरै अनुयायीहरु रहेका छन् । मिशन संसारमा फैलिनु मुख्य कारण भनेको नै यसमा कुनै भेदभाव छैन, सबैलाई समान दृष्टिकोणले हेरिन्छ, सबैलाई आफ्नै परिवारका सदस्य मानेर व्यवहार गर्ने गरिन्छ । विश्वभाइचाराको सही सन्देशलाई विश्वमा फैलाई रहेकोले सन्त निरंकारी मिशन आजको खाँचो रहेको कुरा उहाँले औल्याउनु भयो ।

बिज्ञापन

उहाँ सन्त निरंकारी आदर्श विद्या मन्दिरमा सबैभन्दा कम आय र सबै जातजातिका बालबालिकाहरु अध्ययन गरिहेका छन् । यहाँ कुनै सानो–ठुलो, जातभातको भेदभाव छैन । सबै बालबालिकाहरुको हितलाई ध्यानमा राखेर काम गर्ने गरिन्छ । सन्त निरंकारी आदर्श विद्या मन्दिरले सबै समुदायका बालबालिकाहरुको प्रतिनिधित्व गर्ने भएकोले नाम जस्तै काम पनि गर्न सफल भएकोले टीकापुरमा एउटा उत्कृष्ट विद्यालय बन्न सफल भएकोमा विद्यालयको प्रशंसा गर्नुभयो ।

आफू जहिले पनि पदको लागि काम नगरेर जहिलेपनि आफ्नो टीकापुर, मातृभूमिकाको विकास गर्नु पर्छ भन्ने सोच राखेर काम गर्दै आएको बताउँदै आफ्नो कार्यकालमा टीकापुर क्षेत्रका विभिन्न विद्यालय, क्याम्पसमा करोडौ सहयोग गरेको जानकारी गराउनु भयो ।

आफू २०७४ सालमा प्रदेश सभा सदस्यमा निर्वाचित भएपछि आफू सरकारमा नभएर प्रतिपक्षको भूमिकामा रहेर पनि प्रत्येक वर्ष पाँच÷पाँच लाख रुपैयाँगरि चार वर्षसम्म २० लाख रुपैयाँ, त्यस्तै कहिले ८ लाख, कहिले १२ लाख, कहिले १९ लाख गरेर जम्मा ५९ लाख रुपैयाँ सन्त निरंकारी आदर्श विद्या मन्दिरलाई विद्यालय भवन बनाउन सरकारी कोषबाट निकासा गर्न सकेकोमा खुशी व्यक्त गर्नुभयो ।
अन्तमा उहाँले आफू निर्वाचित नभएपनि अगामि दिनहरुमा निरन्तर विद्यालयको भौतिक संरचना निर्माण गर्न कटीबद्ध रहेने प्रतिबद्धता प्रकट गर्नुभयो ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।