राजनीति

दुर्गा प्रसाईँलाई महेश बस्नेतको चेतावनी- थ्रेट दिँदैमा चुप लागेर बस्दैनौँ 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा (एमाले) का पोलिटब्यूरो सदस्य महेश बस्नेतले अराजकहरूको कारण मुलुकमा लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका छन् ।

लोक कल्याणकारी विज्ञापन

रिपोटर्स क्लब नेपालले शनिवार काठमाडौंमा आयोजना गरेको साक्षात्कारमा बस्नेतले मुलुकमा अराजकवादीहरुले मुलुकको परिवर्तनमाथि नै हमला गर्ने काम गरेको भन्दै लोकतान्त्रिक हक अधिकार कार्यान्वयन गर्ने कुरा चुनौती बनेको बताएका हुन् ।

लोक कल्याणकारी विज्ञापन

गृहमन्त्री नारायणकाजी श्रेष्ठको कार्यशैलीको पनि आलोचना गर्दै बस्नेतले देशमा शान्ति, सुरक्षा निकै कमजोर भएको जिकिर गरे । नेता बस्नेतले झापाको युवा संघको कार्यक्रम पूर्वनिर्धारित कार्यक्रम भएको भएको भन्दै गलत ढंगले नबुझ्न अनुरोध गरे । दुर्गा प्रसाईँको गतिविधिको कडा विरोध गर्दै उनले आफूहरूले शान्तिपूर्ण ढंगले कार्यक्रम गर्दा कसैले थ्रेट दिन्छ भने त्यसमा चुप लागेर नबस्ने जिकिर गरे ।

बिज्ञापन

झापामा आफूहरूको कार्यक्रम बिथोल्नको लागि पहिचानवादी र दुर्गा प्रसाईँका समर्थकहरु मिलेर आएको उनले दाबी गरे । उनले संविधान र कानूनविरोधीहरुलाई राज्यको तर्फबाट कानूनी दायरामा ल्याउन सरकारलाई भन्ने र सरकारले ती अराजकहरूलाई कानूनी दायरामा नल्याए प्रतिकारमा उत्रिन बाध्य हुने चेतावनी दिए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन