घटना

रूकुम पश्चिमको एक होटलमा घाँटी रेटेर महिलाको हत्या

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

त्रिवेणी (रुकुम पश्चिम) । रूकुम पश्चिमको मुसिकोट नगरपालिका- १ खलङ्गास्थित सत्कार होटलमा महिला मृत फेला परेको घटनामा शङ्कास्पद एकजना पक्राउ परेका छन् । पक्राउ परेका व्यक्तिको पहिचान भने खुलाइएको छैन ।

जिल्ला प्रहरी कार्यालयका डीएसपी नमराज भट्टराईले अनुसन्धान चलिरहेकाले अहिले नाम सार्वजनिक गर्न नमिल्ने बताए ।

बिज्ञापन

मुसिकोट नगरपालिकाका-७ साँखकी २८ वर्षीया भावना विक खलङ्गाको सत्कार होटेलको कोठा नम्बर १ मा मङ्गलबार बिहान मृत भेटिएकी थिइन् । साँझ कोहलपुरबाट प्रहरीको कुकुरसहितको टोलीले घटनास्थलमा अनुसन्धान गर्दा शङ्कास्पद एक व्यक्ति पक्राउ परेका हुन् ।

प्रारम्भिक अनुसन्धानका क्रममा हत्याको कारण आर्थिक कारोबार रहेको देखिएको जनाइएको थियो ।

-रासस

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।