कृषि

बेमौसमी वर्षाका कारण धानबालीमा क्षति

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

तौलिहवा, कात्तिक १ गते । बेमौसमी वर्षाका कारण धानबालीमा क्षति भएको छ । कृषकहरुले लगाएको धानबालीमा सोमबार राति आएको हावाहुरीसहित असिना पानीले क्षति पुर्‍याएको हो ।

कपिलवस्तु नगरपालिका–६ थुम्हवाका कृषक जय प्रकाश चौहानका अनुसार धानबाली भित्र्याउने समयमा हावाहुरीसहितको वर्षाले खेतमै धान ढलेकाले चिन्तित बनाएको बताउनुभयो । उहाँले भन्नुभयो, “सोमबार राति भएको असिना पानीसहितको वर्षाले धान पाकेर भित्र्याउन जुटेका किसान बाली नोक्सान हुने पीरले चिन्तित बनाएको बताउनुभयो ।” अझै वर्षा भएमा धानबाली खेतमै सड्ने चिन्ता बढेको उहाँले बताउनुभयो ।

बिज्ञापन

अर्का किसान राजेश यादवको खेतमा धान पाकेर बाला झुलेका छन् । वर्षाको डरले धान नकाटेका यादवको खेतमा सोमबारको हावाहुरीसहितको वर्षाले क्षति पुर्‍याएको छ । ‘‘हिजोको वर्षा र हावाहुरीले धान भाँचेको छ’’, उहाँ भन्नुहुन्छ, ‘‘अझै वर्षा भएमा धानबालीमा धेरै क्षति हुन्छ । धान घर भित्र्याउने बेलामा हरेक वर्ष किन वर्षा हुन्छ होला ।’’

कृषि ज्ञान केन्द्र कपिलवस्तुका प्रमुख भास्कर पौडेलका अनुसार गए राति असिना पानीसहितको वर्षाले जिल्लाको दक्षिणी र पश्चिमी क्षेत्रमा धान ढलेको बताउनुभयो । यद्यपि अहिले जिल्लामा कति धानबालीमा क्षती भएको छ भने यकिन विवरण नआएको उहाँले बताउनुभयो । जिल्लामा ८३ हजार हेक्टर खेतीयोग्य जमिनमध्ये ६८ हजार हेक्टरमा धानखेती हुने गरेको उहाँकाे भनाइ छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।