कैलालीको टीकापुरमा हावाहुरीले केराखेतीमा ठूलो क्षति

टीकापुर: गत असोज २९ गते वर्षासँगै आएको हावाहुरीले कैलालीमा केराखेतीमा ठूलो क्षति पुर्याएको छ।
पाँच बिघा क्षेत्रफलमा केराखेती गरेका टीकापुर–५ झन्झटपुरका रेवन्त साउदको केराबारीमा करिब ७५ प्रतिशत क्षति भएको छ। बारीमा भएका अधिकांश केराका बोट हावाहुरीले ढालेको छ। ‘उत्पादन लिने बेलामा हावाहुरीले केराका सबै बोट नोक्सान गर्यो’, साउदले भने, ‘वर्षभरिको मेहनत खेर गयो। लगानी पनि डुब्यो।’

अर्का केरा उत्पादक किसान रामबहादुर कुँवरले पनि जोशीपुरको झवही, टीकापुरको शङ्करपुर र जानकीको गोलौरीमा गरी ३२ बिघा क्षेत्रफलमा केराखेती गरेका छन्। ‘अहिलेसम्म कति बोट ढले भन्ने यकिन छैन’, उनी भन्छन्, ‘गएको वर्ष खडेरीले केरा बिग्रियो अहिले फेरि हावाहुरीले ठूलो क्षति गर्यो।’
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
