राजनीति

ओलीले मानेको भए पुस १० मै कांग्रेस-एमालेको सरकार बनिसकेको हुन्थ्यो : गगन थापा 

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले पुस १० गते कांग्रेस र एमालेको सरकार बनाउने सहमति एमाले अध्यक्ष केपी शर्मा ओलीले अस्वीकार गरेको बताएका छन् ।

बिज्ञापन

नेपाल प्रेस युनियन काठमाडौंको दसैँ शुभकामना कार्यक्रमलाई सम्बोधन गर्दै उनले गठबन्धनमा पार्टी सभापति शेरबहादुर देउवाले विद्रोह गरेर ओलीसँग वार्ता गरेको भएपनि असफल भएको सुनाए ।

थापाले भने, ‘चुनावभन्दा अगाडि कसले के बाचा गरेको थियो हामीलाई थाहा छैन । तर, चुनावपछाडि पुस १० गते हाम्रो सभापतिलाई कांग्रेस ठूलो दल भएकाले कांग्रेसकै नेतृत्वमा सरकार बन्नुपर्छ भन्ने लाग्यो । जुन स्वाभाविक हो । र, कांग्रेस सभापतिले त्यो दिन विद्रोह गर्नुभयो । विद्रोह गरेर बालकोटमा ओलीसँग वार्ता गर्नुभयो । ओलीले कांग्रेसको सभापतिले विद्रोह गरेको त्यो स्वीकार्दिनुभएन । मद्दत गरिदिनुभएन । नत्र त्यसबेलामै कांग्रेस एमालेको सरकार बनिसकेको हुन्थ्यो । कांग्रेस र एमालेको सरकार बनाउने भनेर प्रचण्डलाई घरबाट बिदा गरेर पठाएको त्यो दिन ओलीले मान्दिनुभएन ।’

महासमितिको बैठकले कांग्रेसले चुनावअघि गठबन्धन गर्न नहुने निर्णयमा उभिनुपर्ने उनले बताए ।

बिज्ञापन