प्रवास

भारतको बैंगलोरमा रहेको एक होटलमा आगलागी भएपछि बैतडीका एक नेपालीले चार तलामाथिबाट हाम फाले

बिज्ञापन

बैंगलोर । भर्खरै भारतबाट नेपालीहरुका लागी अत्यन्तै दुखद समाचार आएको छ । केहि दिन अगाडी ईजरायलमा भएको १० जना नेपालीहरुको दुखत निधनको पिडा कम हुन नपाउँदै भारतबाट अर्को दर्दनाक खबर आएको हो ।
आफु काम गर्ने होटलमा आगलागी भएपछि एक जना नेपालीले ४ तला माथिबाट हाम फालेका छन् । भारतको बैंगलोर राज्यको कारोमंगला भन्ने स्थानमा काम गर्दै आएका त्यी नेपाली बैतडीको डिलाशैनी गाउँपालिका घर भएका प्रेम साउँद रहेका छन् । उनी काम गर्ने होटलमा होटलका स्टाफहरुले खाना खाईरहेको समयमा हिजो दिउसो करिब १२ बजेतिर ग्यास सिडिण्डर बिस्फोट भएर आगलागी भएको बुझिएको छ ।
उनीसंगैका केही साथीहरु आगो छलेर भाग्न सफल भएपनि उनी भने उक्त भवनको छतमा फसेका थिए । चारैतिरबाट आगो लागेर बाच्ने सम्भावनाको ढोका बन्द भएपछि उनले चार तलामाथिबाट हाम फालेका थिए । उनी हाम फाल्नुभन्दा अगाडी जसरी छटपटिएका छन् । त्यो दृश्य निकै दर्दनाक र पिडादायीक छ ।
बाच्ने आशामा ४ तलामाथिबाट हाम फालेपछि उनी गम्भीर घाईते भएका छन् । उनका हातखुट्टाहरु भाचिएको त्यहा रहेका नेपालीहरुले जानकारी दिएका छन् । गम्भीर घाईते भएका उनलाई स्थानिय अस्पतालमा उपचारका लागी लगिएकोमा त्यहा उपचार सम्भव नभएपछि अर्को अस्पतालमा रेफर गरिएको जानकारी प्राप्त भएको छ् । अहिले उनलाई आईसियुमा राखिएको छ । जीवन र मरणको दोसादमा रहेका उनको अवस्था निकै चिन्ताजनक रहेको छ । उनीसंगै अन्य २ जना पनी घाईते भएको बुझिएको छ तर उनीहरु नेपाली नै हुन् की हैनन् भन्ने कुरा पृष्टि भएको छ्रैन् ।
आगालागी भएको ठाउँमा लगत्तै प्रहरी र अग्नी नियन्त्रकको टोली पुगेको थियो । लामो समयको प्रयासपछि आगो नियन्त्रणमा आएको थियो ।

बिज्ञापन

४ तलामाथिबाट हाम फालेका त्यी नेपालीको उपचारका लागी होटलका मालीक अस्पतालसम्मै पुगेपनि उनको उपचारमा धेरै खर्च लाग्न सक्ने र मालिकले खर्च ब्यहोर्न आनाकानी गर्न सक्ने भन्दै त्यँहा रहेका नेपालीहरुले नेपाली सरकारले भारतमा रहेको नेपाली दुतावाससंग समन्वय गरिदिन माग गरेका छन् ।
उनी बाच्छन की बाच्दैनन् टुंगो छैन् तर सरकारले तुरुन्त समन्वय गरी उपचारमा कुनै कसुर बाँकी नराखोस भन्ने उनीहरुको माग छ ।

बिज्ञापन