व्याक्ती बिशेष

राष्ट्रिय टीमबाट अलग्गिएका सन्दीप तीर्थाटनमा व्यस्त

बिज्ञापन

काठमाडौं । नेपाली क्रिकेट टीमका लेग स्पिनर सन्दीप लामिछाने अहिले जारी त्रिदेशीय टी-२० सिरिजमा सहभागी छैनन् । उनले प्रतियोगिताअघि राष्ट्रिय टीमबाट आफ्नो नाम फिर्ता लिएका थिए

बिज्ञापन

सन्दीपले आफू कठिन अवस्थाबाट गुज्रिएकाले परिवारसँग समय बिताउन चाहेको भन्दै राष्ट्रिय टीमबाट अलग भएका हुन् । यद्यपि, उनी नेपालले अब खेल्ने टी-२० विश्वकप क्वालिफायरमा भने टीममा जोडिने अपेक्षा छ ।

यता नेपालले यूएई र हङकङसँग प्रतियोगिता खेलिरहँदा सन्दीप भने व्यक्तिगत सफरमा छन् । आफ्नो फुर्सदको समय सदुपयोग गर्दै उनी आफन्त भेटघाट र तीर्थाटनमा लागेका छन् । उनले सामाजिक सञ्जालबाट आफ्ना गतिविधिहरुको अपडेट दिइरहेका छन् ।

सन्दीप आठ वर्षपछि आफ्नो मामाघर कुश्मामा पुगे । उनले मामाघरमा हजुरआमा, मामा र माइजूहरुसँगको फोटो पोस्ट गरेका थिए । त्यसपछि उनले तनहुँस्थित ढोलबाराही मन्दिर तथा बाग्लुङ कालिका मन्दिर दर्शन गरेको फोटो अपलोड गरेका छन् ।

अदालतमा विचाराधीन मुद्दाका कारण तनावमा रहेका सन्दीप अदालतले लगातार पेशी सारिरहँदा थप तनावमा परेका छन् । यही तनावले गर्दा उनी तत्कालका लागि राष्ट्रिय टीमबाट अलग भएका हुन् ।

बिज्ञापन