राष्ट्रिय समाचार

नेपाल प्रहरीमा ९६ इन्स्पेक्टर र २६० जना असईका लागि जागिर खुल्यो

बिज्ञापन

काठमाडौं । नेपाल प्रहरीले प्रहरी निरीक्षक (इन्स्पेक्टर) र सहायक प्रहरी निरीक्षक (असई)मा दरखास्त आह्वान गरेको छ । नेपाल प्रहरीले शुक्रवार सार्वजनिक सूचना जारी गर्दै ९६ जना इन्स्पेक्टर र २६० जना असई माग गरेको हो ।

बिज्ञापन

जनपद प्रहरी समूहतर्फ इन्स्पेक्टर र असई पदहरूमा खुल्ला प्रतियोगिताद्वारा समावेशी प्रावधान बमोजिम पदपूर्तिका लागि दरखास्त आह्वान गरिएको सूचनामा उल्लेख छ । आगामी मङ्सिर २९ गतेभित्र योग्यता पुगेका नेपाली नागरिकले आवेदन दिन सक्नेछन् ।

बिज्ञापन