घटना समाचार

अछामको एक कुखुरा फर्ममा आगलागी 

बिज्ञापन

अछामः अछामको एक कुखुरा फर्ममा आगलागी भएको छ। जिल्लाको चौरपाटी गाउँपालिका-५ लुङ्ग्राका हर्कबहादुर बोहराको घरदेखि ५०० मिटर टाढा रहेकोे कुखुरा फर्ममा शनिबार साँझ आगलागी भएको हो।

बिज्ञापन

बिजुलीको तार सट हुन गई आगलागी हुँदा फर्ममा रहेका ६०० चल्लाहरु जलेर नष्ट भएको जिल्ला प्रहरी कार्यालय अछामले जनाएको छ। प्रहरी र स्थानियको सहयोगमा आगलागी नियन्त्रणमा लिनुका साथै यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको बताएको छ।

बिज्ञापन