घटना समाचार

पाल्पाको रानीमहल नजिकै जीपदुर्गघटना, सवार ७जना मध्ये ६ जनाको घटना स्थलमै मृत्यु

बिज्ञापन

बिष्णु गौतम कार्तिक ६
चर्चित पर्यटन स्थल रानी महल घुम्न गएर फर्कने क्रमश बा.७२०९ नम्बरको जीव दुर्घटना हुदा नवलपरासी जिल्ला देउचुली नगर पालिका १६का एकै परिवार ६ जनाको पाल्पाको तानसेन नगरपालिका बैकुण्ठ भिरको छागो बाट करिब १५० मिटर तल बराग्दीको खोलामा आइतबार बेलुका जीव खसेको छ , रानी महल अबलोकन गरेर फर्किने क्रममा बाटो उकालो भएकालेे बाटो उकालो भएका कारण ब्रेक फेल भएर दुर्घटना भएको रानीमहल बिट प्रहरी चौकीले जनाएको छ।

बिज्ञापन

जिल्ला प्रहरी कार्यलय पाल्पाका अनुसार मृत्यु हुने मा तीन महिला ,एक पुरुष ,दुई बालिका गरि ६जना रहेका छ्न, जिप चालक घाइते अबस्थामा पाल्पा को मिसन अस्पतालमा उपचार भैरहेको बताइएको छ

मृत्यु हुनेमा पुर्बी नवलपरासीको देउचुली १६का ६५ बर्षिय कृष्ण बहादुर लोहोनी,उनकी श्रीमती ५५वर्षकि पार्बती लोहोनी,बुहारी ३५वर्ष कि सबिना धिताल,नाति ११वर्ष का सोबिस धिताल, र अर्का साडे दुई वर्षका बालक रहेका छ्न, कृष्ण बहादुरका ३६वर्ष का छोरा गम्भीर घाइते भएको देउचुली नगर पालिका वर्ड नो १६ वडा अध्यक्ष श्री केशव राज गौतमले जनाकरी दिनु भयो।

उद्दार गर्न निकै कठिनाइ भएको प्रहरी र स्थानीयले बताएका छ्न,जिप भिर बाट खसेर ठुलो ढुङ्गामा बझारिएर खोलाको पानीमा डुबेको थियो ,घटनाको जानकारी लगत्तै पाल्पा प्रहरी ,सशस्त्र प्रहरी र नेपाली सेना उद्दारमा खटिएको जानकारी प्राप्त भएको छ।

बिज्ञापन