राष्ट्रिय समाचार

गोठाटारमा भारतीय नागरिकमाथि गोली प्रहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । काठमाडौंको गोठाटारमा प्रहरीले गोली चलाएको छ । काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले भारत घर भएका मोहम्मद करिममाथि गोली चलाएकाे हो ।

उपत्यका अपराध अनुसन्धान कार्यालयका एसपी रवीन्द्र रेग्मीका अनुसार उनी लागूऔषध कारोबारी हुन् । उनको खुट्टामा गोली लागेको छ । करिमको साथबाट प्रहरीले एकथान पेस्तोलसहित २ सय ग्राम खैरो हेरोइन जस्तो पदार्थ र तराजु बरामद गरेको छ ।

बिज्ञापन

उनीसँगै नेपाली नागरिक हर्क लिम्बु पनि पक्राउ परेको प्रहरीले जनाएको छ ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।