राष्ट्रिय समाचार

आजदेखि सरकारी कार्यालय ४ बजे नै बन्द हुने

बिज्ञापन

काठमाडौं – आजदेखि सरकारी कार्यालय दिउँसो ४ बजे नै बन्द हुने भएका छन् । जाडो समय सुरु भएसँगै दिन छोटो हुने भएकाले सरकारी कार्यालय समय एक घण्टा छोट्याएको गृह मन्त्रालयले जनाएको छ ।

बिज्ञापन

सरकारले राजपत्रमा प्रकाशित गरेको सूचना अनुसार कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म सबै सरकारी कार्यालय बिहान १० बजेदेखि अपरान्ह ४ बजेसम्म मात्रै खुल्नेछन् ।

आजदेखि बिहान १० बजे खुल्ने सरकारी कार्यलयहरु अपरान्ह ४ बजे नै बन्द हुने छन् । अन्य समय भने बिहान १० बजे खुल्ने सरकारी कार्यालयहरु साँझ ५ बजेसम्म सञ्चानल हुँदै आएका छन् ।

बिज्ञापन