राजनीति

ओलीको अडान- जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन सकिँदैन

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले जनयुद्ध दिवसलाई उत्सव मानेर शान्तिप्रक्रिया टुंग्याउन नसकिने बताएका छन्। संसदीय दलको बैठकलाई सम्बोधन गर्दै हिंसा थालेको दिन उत्सवको रुपमा मनाउन नसकिने बताए।

उनले भने, ‘हिंसा सुरु गरेको दिनलाई उत्सवको रुपमा मनाउँन, त्यो एउटा नेपालले भोगेको दुष्चक्र हिंसाको जसलाई हामीले हिंसाको अन्त्य, वृहत शान्ति सम्झौताबाट समाप्त पारेका थियौं। त्यसकै महिमा हुन थालेको छ। त्यसको जयगान गर्न थालिएको छ। हिजो अनावश्यक ढंगले मान्छे मारिए, त्यत्रो लुटपाट भयो, त्यसले देशको अर्थतन्त्र र जनजीवनमा पारेको समाजमा पारेको भयावह अवस्थाप्रति कुनै चिन्ता छैन। बरु त्यसप्रति गौरवभाव छ। त्यो मनाउनुपर्छ भन्दैछन्। यस दृष्टिकोण र मनोदशाले शान्तिप्रक्रिया कसरी सफल होला ?’

बिज्ञापन

पीडितलाई केन्द्रमा राखेर न्याय दिनेगरी शान्ति प्रक्रिया टुंग्याउनुपर्ने उनको भनाइ छ। उनले भने, पीडितलाई केन्द्रमा राखेर कानूनहरु पनि बन्नुपर्छ। त्यत्रो पीडा भोगेर आए अझै पनि पीडितलाई नै थिचोमिचो गर्ने र तरमारा वर्गको रुपमा परिर्णत भइसकेकाहरुलाई शान्ति प्रक्रिया टुंग्याएको बहाना गर्न सकिँदैन। मिल्दैन, पीडितलाई न्याय दिनेगरी गर्नुपर्छ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।