व्याक्ती बिशेष

भूकम्पमा ज्यान गुमाएकी २५ वर्षीया अमिन एलिनाले देखेका सपना अधुरै !

बिज्ञापन

सुर्खेत । सरकारी जागिरे भएर भविष्य उज्ज्वल देखेकी एलिनाको सपना अधुरै रहेको छ ।

बिज्ञापन

जाजरकोटको नापी कार्यालयमा पोष्टिङ्ग भएको एक वर्ष नपुग्दै अमिन पदमा कार्यरत २५ वर्षीया एलिना भण्डारीको शुक्रवार भूकम्पमा मृत्यु भयो ।

भण्डारी दैलेखको दुल्लु नगरपालिका वडा-६ निवासी हुन् । उनीसँगै उनका भाइ प्रज्वलको पनि भूकम्पमा परी ज्यान गएको छ ।

उनीहरू नापी कार्यालयको क्वाटरमा बस्दै आएका थिए ।

कार्यालय नै भूकम्पले भत्काउँदा उनीसँगै उनका भाइको मृत्यु भएको हो ।

भाइलाई पनि आफूसँगै राखेर जाजरकोटको विद्यालयमा पढ्ने गर्थे । दैलेखको घरमा विद्यालय नजिक नहुँदा र पढाइ राम्रो नुहुँदा भाइलाई आफूसँगै राखेको पढाउने गरेको थिइन् ।

भण्डारी सानैदेखि मामा घरमा बसेर पढेकी हुन् । २०५७ सालमा कालो ज्वरोका बुवाको कारण निधन भयो । एलिनामा २ वर्षको हुँदा बुवाको निधन भएको हो ।

उनीको आमाले दोस्रो विवाह गरेपछि उनी मामाघरमा बस्दै आएको उनका आफन्तको भनाइ छ ।

उनलाई सानैदेखि मामा घरमा बसेर पढाइ गरेकी हुन् । उनको पढाइ खर्च मामाघर र उनका अंकलले गरेको आफन्तको भनाइ छ 

बिज्ञापन