राजनीति

कांग्रेसद्धारा गगन र विश्वको संयोजकत्वमा भूकम्प सहजीकरण समिति गठन

बिज्ञापन

काठमाडौं । नेपाली कांग्रेसले महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माको संयोजकत्वमा भूकम्प प्रभावित क्षेत्रको अनुगमन तथा सहजीकरण समिति गठन गरेको छ ।

बिज्ञापन

आइतबार बिहान धुम्बाराहीमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले जाजरकोट भूकम्प प्रभावित क्षेत्रको स्थलगत अवलोकनमा जानेदेखि राहत वितरणमा सहजीकरण गर्नका लागि थापा र शर्माको संयोजकत्वमा समिति गठन गर्ने निर्णय गरेको हो ।

बैठकपछि सञ्चारकर्मीसँग कुरा गर्दै प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्माले बैठकले भूकम्प पीडितहरूलाई राहत वितरणमा अनियमितता र पक्षपात नहोस् भनेर सरकारलाई गम्भीर ध्यानाकर्षण गराएको समेत जानकारी दिए ।

बिज्ञापन