राष्ट्रिय समाचार

भूकम्पमा आमाको पेटभित्रै मृत्यु भएको शिशुलाई शल्यक्रिया गरी निकालियो

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दाङ – जाजरकोट भूकम्पमा परी भेरी अस्पतालमा उपचाररत घाइतेहरूमध्ये आमाको पेटभित्र मृत्यु भएको शिशुलाई शल्यक्रिया गरी निकालिएको छ।

लोक कल्याणकारी विज्ञापन

अहिलेसम्म सात घाइतेको अपरेसन गरिएको र ती मध्ये ६ जनाको अवस्था अझै गम्भीर रहेको भेरी अस्पताल प्रशासनले जानकारी दिएको छ।

लोक कल्याणकारी विज्ञापन

जिल्ला आपतकालीन कार्यालय संचालन केन्द्र बाँकेका फोकल पर्सन नरेश श्रेष्ठका अनुसार हेमोफेलियाको घाइतेको पनि शल्यक्रिया गरिएको छ। त्यस्तै आइसियूमा भर्ना गरी एक जनाको उपचार जारी रहेको छ। पहिले सिकिस्त भए पनि हाल सुधाररत घाइतेको संख्या दुई र सामान्य सुधारोन्मुख घाइतेको संख्या ३९ रहेको श्रेष्ठले जानकारी दिएका छन् । बितेको १२ घन्टाभित्र चार जना घाइते भेरी अस्पतालमा थपिए भने एक जना उपचार पछि घर फर्किएको प्रशासनले जानकारी दिएको छ।

बिज्ञापन

सोमबार बिहानसम्म भेरीमा २३ महिला र २० पुरुषको उपचार भइरहेको छ। तीमध्ये ५ वर्ष मुनिका ६ जना, ५ देखि १५ वर्षसम्मका ५ जना, १५ देखि १८ वर्षका ५ जना, १८ देखि ६० वर्षका २२ जना, ६० वर्ष माथिका ५ जना घाइतेको भेरी अस्पतालमा उपचार भइरहेको छ ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन