व्याक्ती बिशेष

तारा बराललाई नयाँ झड्का, कागज कानुनी नभएको भन्दै बिहे नगर्ने पूर्वएआईजी चन्दको घोषणा

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं– प्रहरीका पूर्वअतिरिक्त महानिरिक्षक (एआईजी) रणबहादुर चन्दले अभियन्ताका नाममा विवादमा आएकी तारा बरालसँग बिहे नगर्ने घोषणा गरेका छन्।

मिडियामा सार्वजनिक भएको कागज कानुनी नभएको भन्दै उनले आफ्नो बिहे गर्ने योजना नरहेको बताएका छन्। योसँगै विवादीत अभियन्ता बराललाई अर्को झड्का लागेको छ। 

बिज्ञापन

उनले सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्लै बिहे गर्ने योजना पनि नरहेको बताएका छन् ।

केही दिन अगाडि बरालसँग बिहे गर्ने सहमति भएको कागज सामाजिक सञ्जालबाटै सार्वजनिक भएको थियो। तर, चन्दले भने त्यो कागजमा आफ्नो नाम हालिएको र त्यो लिगल डकुमेन्ट नभएको ठोकुवा गरेका छन्।

चन्दको यो घोषणासँगै बराल अत्तालिएकी छन्। उनले चन्दको पोस्टमा कमेन्ट गर्दै विभिन्न प्रश्न गरेकी छन्। 

बरालले लेखेकी छन्,‘अनर्गल बहाना बनाउँदै मलाई फसाउँदै गरेकोमा बच्चाजस्तो फेसबुकबाट नानाथरी आफ्नै बेइजत गर्ने होइन, कानुनी निकायमा आफैँ उपस्थित हुनुस् सर यदि यो पोष्ट आफैँ गरेकोभए,मलाई फेरि मुद्दाकै सल्लाह गर्ने भनेर बोलाएर म बाँच्दिन भन्दै कागज गराएको होइन?’

बरालले अगाडि लेखेकी छन्,‘वकिलले म कागज लेख्दिन भन्दा हजुरले नै मेरो नाममा लेखिमात्रै दिनुस् भनेर म सिकाउँछु भनेर, नयाँ कपडा खोजेर २ जनाको मात्रै फोटो हाल्ने, प्रेसमिट गर्ने, २–३ जनालाई पब्लिकमा बाढी बगाइदिनुछ अहिल्यै भन्नुभा हैन?’

चेतावनीयुक्त कमेन्ट लेख्दै बरालले अगाडि भनेकी छन्,‘मैले प्रेसमिट गर्न नमानेपछि फेसबुकमा त हालेरै छाड्ने भन्नुभयो, हजुरले हालेको पोष्ट बढि ओभर देखिन्छ भनेर मैले डिलिट गर्न लगाएको सबैले देखेका हैन? मैले फोटो खिच्न नमानेपछि सञ्जय दाइहरु सहित राखेर खिचेको हैन ? मलाई पटकपटक बोलाएर किन व्ल्याकमेलिङ सर? हजुरको इज्जत ठूलो भयो या आफैँ सिद्दिदै हुनुहुन्छ बिचार गर्नुस् ।’

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।