आस्था /आध्यात्म

निरंकारी सन्त समागममा भाग लिएर फिर्ता भए नेपालका सन्तहरु

बिज्ञापन

टीकापुर, २० कार्तिक । निरंकारी सन्त समागममा भाग लिएर नेपालबाट सहभागी भएका सन्तहरु फिर्ता भएका छन् ।

बिज्ञापन

भारतको हरियाणा राज्यको समालखामा आयोजित ७६औं निरंकारी सन्त समागममा भाग लिन भनेर नेपालका अधिकांश जिल्लाहरुबाट नेपालका सन्तहरु गत कार्तिक ६, ७, ८ गते नेपालबाट हिडेका थिए जसको नेतृत्व सन्त निरंकारी मण्डल नेपालका अध्यक्ष नर बहादुर रावलले गर्नु भएको थियो । करिब ३५ भन्दा बढी बस, व्यक्तिगत रुपबाट टे«न, बसबाट गरेर करिब ४ हजारको हाराहारिमा नेपालका सन्तहरुको उक्त समागममा सहभागिता रहेको थियो ।

तीन दिनसम्म आयोजित उक्त सन्त समागममा तीनै दिन विश्वबाट आएका सन्तहरुले विभिन्न भाषाको सहारा लिएर प्रवचन, भजन, कविता, गजल वाचन गरेर समागममा सहभागि भएका भक्तहरुलाई निकै आनन्दित, प्रफुल्लित गराएका थिए । यसैक्रममा नेपालबाट पनि आफ्नो विचार राख्न धनगढीबाट सहभागी हुनु भएका झंकर बहादुर विष्टलाई अवसर मिलेको थियो भने त्यस्तै टीकापुरबाट सहभागी भएका राजन रेग्मीलाई कविदरबारमा आफ्नो कविता वाचन गर्ने सु–अवसर प्राप्त भएको थियो ।

विश्वबाट करिब ७ लाखभन्दा बढी सन्त–महापुरुषहरुको सहभागिता रहेको यस निरंकारी सन्त समागममा तीनै दिन निरंकारी सत्गुरु माता सुदीक्षा जी महाराजको अमूल्य प्रवचन श्रवण गर्ने अवसर मिलेको थियो भने एक दिन परम आदरणिय राजपिता रमित जीको पनि प्रवचन श्रवण गर्ने अवसर मिलेको थियो ।

समागममा गएका सबै सन्त–भक्तहरुलाई खान, बस्ने, नुहाउने, औषधि–उपचार आदि सबै व्यवस्था निरंकारी मिशनले निःशुल्क रुपमा प्रदान गरेको थियो भने विदेशबाट आएका डाक्टरहरुबाट नशा सम्बन्धि उपचारको लागि कायरोप्राक्टिस विधिबाट अधिकांश सन्तहरुले लाभ लिएका थिए । समागममा निरंकारी प्रदर्शनी पनि सन्तहरुको एक आकर्षणको केन्द्र बनेको थियो जसमा निरंकारी मिशनको इतिहासदेखि अहिलेसम्मका सम्पूर्ण गतिविधिहरुलाई निकै आकर्षक तरीकाले दर्शाइएको थियो ।

समागमको तीन दिन बाहेक चौथो दिन गुरु वन्दना र पाँचौ दिन विवाहको कार्यक्रम रहेको थियो ।

बिज्ञापन