टीकापुर

रेशम चौधरीको कैद मिनाहाविरुद्धको रिटको सुनुवाइ आज

बिज्ञापन

कैलाली । नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशम चौधरीलाई कैद मिनाहा गर्ने सरकारको निर्णयविरुद्ध परेको मुद्दाको सुनुवाइ आज तोकिएको छ ।

बिज्ञापन

गणतन्त्र दिवसको दिन पारेर सरकारको सिफारिसमा राष्ट्रपति रामचन्द्र पौडेलले सजाय माफी मिनाहा गरेसँगै गत जेठ १५ मा चौधरी छुटेका थिए ।

चौधरी रिहा भएको भोलिपल्टै टीकापुर घटनामा मारिएका प्रहरी इन्स्पेक्टर केशव बोहराकी पत्नी शारदा कठायतले माफी मिनाहाविरुद्ध सर्वोच्च अदालतमा रिट दिएकी थिइन् ।

मंगलवार मात्रै थप तीन जना विरुद्ध पनि रिट दर्ता भएको हो । टिकापुर घटनामा तीनै तहको अदालतबाट दोषी ठहर भएका अन्य ४ चार जनालाई सरकारले असोज ३ गते रिहा गरेको थियो । ती मध्ये एक नाबालक हुन ।

नाबालक बाहक अन्य तीन जना विरुद्ध पनि रिट परेको थियो । आज ती दुवै मुद्दामा सुनुवाइ तोकिएको माफी मिनाहा बदरको माग गरी दिएको रिटमा बहस गर्ने अधिवक्ता इन्द्र अर्यालले जानकारी दिए ।

बिज्ञापन