साढे चार लाख नगदसहित काभ्रेबाट १३ जना जुवाडे पक्राउ
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । जुवातास खेलेको आरोपमा प्रहरीले काभ्रेको धुलिखेलबाट १३ जनालाई पक्राउ गरेको छ।
लोक कल्याणकारी विज्ञापन

शुक्रबार साँझ धुलिखेल नगरपालिका ४ स्थित युनिक भोजनालयको कोठा नम्बर १०१ मा जुवातास खेलिरहेको अवस्थामा उनीहरुलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ।
लोक कल्याणकारी विज्ञापन

होटलमा केही मानिस जम्माभई जुवातास खेलिरहेको भन्ने काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयबाट सूचना प्राप्त भएपछि जिल्ला प्रहरी कार्यालय काभ्रेबाट खटिएको टोलीले उनीहरुलाई पक्राउ गरेको हो।
बिज्ञापन

उनीहरुको साथबाट ४ लाख ४२ हजार ३५० रुपैयाँ बरामद भएको काभ्रे प्रहरीले जनाएको छ। घटनाका सम्बन्धमा प्रहरीले थप अनुसन्धान अघि बढाएको छ।
लोक कल्याणकारी विज्ञापन

लोक कल्याणकारी विज्ञापन

