आस्था /आध्यात्म

यमपञ्चक सुरु, आज कागतिहार

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – हिन्दुहरुको महत्वपूर्ण पर्वको रुप लिइले यमपञ्चक (तिहार पर्व )सुरु भएको छ। आज पहिलाे दिन कार्तिक कृष्ण त्रयोदशी अर्थात् कागतिहार।

विभिन्न परिकार खान दिई आज कागको पूजा गरिँदैछ। सनातन हिन्दु समाजमा यमराजको दूत वा सन्देशबाहक पक्षीको रूपमा कागको पूजा गरिन्छ। कागलाई यमराजको सन्देश सुनाउने दूत पनि मानिन्छ।

बिज्ञापन

कागको आवाजको प्रकृतिअनुसार राम्रा नराम्रा खबरको अनुमान लगाइन्छ। कागले भूकम्प आदि प्राकृतिक विपत्तिको अग्रिम सूचना पनि दिन्छ भन्ने विश्वास गरिन्छ।

काग अत्यन्त चलाख पक्षी हो। अन्नबालीमा लाग्ने कीरा–फट्याङग्रा खाएर किसानको सहयोगी बन्ने र फोहोर वस्तु खाइदिएर वातावरण स्वच्छ राख्ने कारण पनि कागको पूजा गरिएको हो। शनिबार १७ घडी १३ पला अर्थात् अपराह्न १ बजेर १६  मिनेटसम्म त्रयोदशी छ। त्यसपछि चतुर्दशी लाग्छ।

कार्तिक कृष्ण चतुर्दशी पारेर आइतबार बिहान कुकुरको  पूजा गरिनेछ। आइतबार नै साँझ लक्ष्मीपूजा गरिँदैछ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।