राष्ट्रिय समाचार

भूकम्पमा पुरिएर बाँचेका शिशु सहारा खोज्दै

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

स्थानीयले खोतलखातल गरेर उनकी आमा र मामाघरकी हजुरआमालाई निकाले । शरीरबाहिर निकालिए पनि दुवै जना निष्प्राण भइसकेका थिए । स्थानीयले आमाको मृत्यु भएकाले बच्चा पनि सँगै मरेको तर शव नभेटिएको ठाने र अन्यतर्फ उद्धारमा खटिए । दुई घण्टापछि प्रहरीसहितको उद्धार टोली पुगेर कोही छ कि भनेर दोहोर्‍याएर खोजी गरे । बच्चा पुरिएको छ भनेपछि टर्चलाइटको सहारामा ढुङ्गामाटो पन्छाउँदै थिए । भूकम्प गएको दुई घण्टा बितिसकेको थियो । एक्कासि माटोमुनि बच्चा रोएको आवाज आयो ।  

रिम्नाका टीका शर्मा ओलीले भन्नुभयो, “सबैका कान ठाडा भए, रोएको ठाउँमा खोतल्दा जिउँदो बच्चा भेटियो तर धुलाम्मे माटोको ढिक्का जस्तो थियो । त्यो रात जसोतसो जोगाएर भोलिपल्टै उसकी हजुरआमा र हजुरबुबाको जिम्मा लगाइयो ।” 

बिज्ञापन

सत्तरी वर्षीय हजुरआमा तीर्खामाया बुढाले भन्नुभयो, “हामीले नानी पाउँदा शरीरभरि ददारिएको घाउ थियो । कानभरि माटो भरिएको थियो तर अन्त ठुलो चोट केही थिएन ।” दसैँमा विशा रिम्ना मामाघरमा टीका लगाउन आमासँगै गएकी थिइन् तर विशा एक्लै घर फर्किइन् । भूकम्पमा उनले आमा गुमाएको एक साता बित्यो । 

उनी नौला हातलाई आमाको हात हो कि भनेर समात्छिन् । अनुहार हेरेर होइन भन्ने थाहा पाएपछि मुख बिगारेर रुन्छिन् । ७० वर्षिय हजुरआमाको काखमा आमाको काखको न्यानो खोज्छिन् । 

पहाडै थर्किने गरी आएको भूकम्पको त्रास अझै नमेटिएको बेला नातिनी आमाविहीन हुँदा तीर्खामायाको मन अमिलो बनेको छ । उहाँले भन्नुभयो, “हामी बुढाबुढी भइसक्यौँ, अब कसले यसको हेरचाह गर्ला, कसले राम्ररी स्याहार्ला खै ?” सातौँ दिनमै बिहीबार बुहारीको किरिया फुकाए । हजुरबुबाले भन्नुभयो, “दुई जना मर्दा ऊ मात्रै बाँची । खै भाग्यमानी भनौँ कि अभागी !” 

राम्रो स्याहार चाहिने भएकाले छलफल गरेर कसले पाल्ने भन्ने निधो गरिने फुपूले बताउनुभयो । पुरिएर पनि बाँचेको बच्चा भनेर उनको अहिले जाजरकोटमा चर्चा छ । उसलाई पढाउन र सहयोग गर्न सहयोगी मनका धेरैले चाहेका छन् । सोही व्रmममा अनाथ बालबालिकाको पालनपोषण गरिरहेका रीता शाहीलगायत सुदूरपश्चिमका महिलाको एक समूहले घरका कसैले नसके बच्चा आफूले लाने आश्वासन परिवारलाई दिँदै तत्कालका लागि पाँच हजार रुपियाँ सहयोग गरेको छ ।

उता नलगाढको चिउरी गाउँका चन्द्रकला विकले बुहारी र नातिनी बचाए पनि आफ्नो छोरा बचाउन सक्नुभएन । उहाँले भन्नुभयो, “सबै सँगै सुतेका थियौँ, राति गडङ्डङ् गर्दै घर हल्लियो, नातिनी बोकेर बाहिर निस्क्यौँ तर छोरो निस्कन पाएन ।” सबैलाई बाहिर धकेलेपछि आउन लाग्दा घरको भित्ताको ढुङ्गो टाउकोमा लागेपछि छोरो उहीँ रक्ताम्य भएर ढलेको उहाँले बताउनुभयो । पछि झिक्न जाँदा छोरो गइसकेको थियो । सो गाउँमा २५ जनाले ज्यान गुमाएका छन् । 

जाजरकोट भूकम्पमा धेरै बालबालिकाले आफ्ना आमा, बुवा वा दुवै अभिभावक गुमाएका छन् । अहिले उनीहरू धेरैजसो नजिकका आफन्तको शरणमा छन् । भूकम्पले गाउँ नै उजाड हुने गरी क्षति पुर्‍याएकाले भविष्यमा उनीहरूको शिक्षा, लालनपालनमा समस्या हुने देखिएको छ । 

अझ भूकम्पका कारण बालबालिकामा मानसिक समस्या देखिएको छ । सद्दे नै भए पनि घरभित्र पस्न नमान्ने, सानो भूकम्प आउँदा पनि धेरै डराउने, एकोहोरो टोलाउने, नबोल्ने जस्ता समस्या देखिएको डा. मान्यता थापाले बताउनुभयो । बाल अधिकारमैत्री क्रियाकलाप र वातावरण भूकम्प क्षेत्रमा नबनाए बालबालिकाको स्वाभावमै परिवर्तन आउने उहाँले औँल्याउनुभयो । 

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।