मनोरञ्न

चलचित्र ‘दिमाग खराब’ प्रदर्शन रोक्ने निर्माण टिमकाे घोषणा

बिज्ञापन

काठमाडौं । चलचित्र दिमाग खराब निर्माण टोलीले हलहरुले शो कम दिएको भन्दै चलचित्र प्रदर्शन रोक्ने घोषणा गरेको छ ।

बिज्ञापन

चलचित्र निर्देशक निश्चल बस्नेतले भोलि (बिहीबार) सम्म पनि भारतीय चलचित्रहरु बराबर शो नदिए शुक्रबारदेखि चलचित्र प्रदर्शनमा रोक लगाउने घोषणा गरेका हुन् ।

‘उत्साहका साथ मानिसहरु आइरहनु भए पनि कम शोमा चित्त बुझाउनुपर्ने रु’, बस्नेतले फेसबुक लाइभमा भनेका छन्, ‘जबसम्म हाम्रो लगानी सुरक्षित गर्ने वातावरण पाउँदैनौं, तबसम्म फिल्म चलाउँदैनौं । बरु वैकिल्पक विधिबाट फिल्म देखाउँछौं

नेपाली चलचित्रलाई हलहरुले प्राथमिकता नदिएकाले यो निर्णय लिन बाध्य हुनुपरेको समेत उनले बताएका छन् ।

बस्नेतले ‘वर्ड अफ माउथ’ राम्रो हुँदै गए पनि हलहरुले शो नदिएको गुनासो गरे । उनले विदेशी फिल्म बराबर आफूहरुलाई शो दिनुपर्ने समेत बताए ।

बिज्ञापन