घटना

भैँसीसँग ठोक्किदा मोटरसाइकल चालकको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

दमक – झापामा भैँसीसँग मोटरसाइकल ठोक्किँदा एक जनाको मृत्यु भएको छ ।

झापाको कमल गाउँपालिका–३, सहिदगेट नजिक को २१प ७७ नम्बरको मोटरसाइकल भैँसीसँग ठोक्किँदा मोटरसाइकल चालक मोरङको सुन्दरहरैचा नगरपालिका–४ का ३१ वर्षीय मदनबहादुर लायमगरको मृत्यु भएको हो । तीव्र गतिको मोटरसाइकल अनियन्त्रित हुँदा भैँसीसँग ठोक्किन पुगेको थियो ।

बिज्ञापन

दुर्घटनामा परी मोटरसाइकलमा सवार सुनसरीको इटहरी–४ का ३० वर्षीय अभिषेक चौधरी घाइते भएका छन् । उनको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचार भइरहेको प्रहरी नायब उपरीक्षक खगेन्द्र रिजालले जानकारी दिए ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।