राजनीति

एमाले र दुर्गा प्रसाईंलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिइने

बिज्ञापन

काठमाडौं । यहि मंसिर ७ गते एमाले निकट राष्ट्रिय युवासंघ र मेडिकल व्यवसायी दुर्गा प्रसाईँ आमनेसामने हुँदैछन् । दुबै पक्षले माइतीघर मण्डलामा शक्ति प्रदर्शन गर्ने घोषणा गरिसकेका छन् ।

बिज्ञापन

तर, शान्ति सुरक्षाको अवस्था मध्यनजर गर्दै जिल्ला प्रशासन कार्यालय काठमाडौंले युवा संघ र दुर्गा प्रसाईंलाई एकै ठाउँमा कार्यक्रम गर्न नदिने भएको छ । दुवै पक्षलाई एकैठाउँमा कार्यक्रम गर्न नदिने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी जितेन्द्र बस्नेतले बताए ।

दुर्गा प्रसाईँ र युवा संघ एकै ठाउँमा आमने–सामने हुँदा सो क्षेत्रमा झडप हुने स्थिती सिर्जना हुने प्रवल सम्भावना रहन्छ । सोही सम्भावनालाई मध्यजनर गर्दै प्रशासनले माइतीघर मण्डला मात्रै होइन, दुई पक्षलाई काठमाडौंका कुनै पनि एउटै स्थान, समय र मितिमा कार्यक्रम गर्न नदिने तयारी गरेको छ ।

उनीहरुलाई वैकल्पिक स्थानका रुपमा तीनकुने, खुलामञ्च, नारायण चौर, माछापोखरी, कीर्तिपुर लगायतका क्षेत्रमध्ये एक रोज्न भनिएको छ । युवा संघले ७ गते आफ्नो कार्यक्रम रहेको भन्दै शान्ति सुरक्षा माग गर्दै जिप्रकामा निवेदन दिइसकेको छ । दुर्गा प्रसाईं नेतृत्वको राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति र नागरिक बचाउ अभियान भने प्रशासन पुगेको छैन ।

बिज्ञापन