राष्ट्रिय समाचार

टिकटक प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ

बिज्ञापन

काठमाडौं । सामाजिक सञ्जाल टिकटकमाथि सरकारले लगाएको प्रतिबन्धविरुद्धको रिटमा आजबाट सुनुवाइ हुने भएको छ । टिकटक बन्द गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्च अदालतमा दायर भएको रिटमा आजबाट सुनुवाइ हुन लागेको हो ।

बिज्ञापन

कात्तिक २७ गतेको मन्त्रिपरिषद बैठकको निर्णयबाट सरकारले टिकटक बन्द गर्ने निर्णय गरेको थियो । उक्त निर्णयविरुद्ध अदालत खुलेकै दिन १० रिट दर्ता भएका थिए ।

आइतबार छठ पर्वको बिदा परेकाले सबै रिटमा सोमबारका लागि सुनुवाइ तोकिएको सर्वोच्च अदालतका सहप्रवक्ता गोविन्द घिमिरेले जानकारी दिएका छन् ।

बिज्ञापन