बेलायत जान ७१ जना नर्स छनोट
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । बैदेशिक रोजगार विभागले बेलायत जान आवेदन दिएका मध्ये ७१ जना नर्सको नाम छनोट गरेको छ ।
विभागले रोजगारीका लागि बेलायत जान आवेदन दिएका ७ सय ७१ जनाको लिष्टबाट ७१ जना छनोट गरेको हो । आवेदनका लागि आवश्यक कागजपत्र पूरा गरेकाहरुको योग्यता र अनुभवका आधारमा नाम छनोट गरिएको विभागले जनाएको छ ।
बिज्ञापन

आवेदन दिँदा कम्तिमा ३ वर्षको नर्सिङ कोर्स पीसीएल नर्सिङ वा बीएन सरहको शैक्षिक योग्यता हासिल गरेको, अंग्रेजी भाषा जान्ने र कम्तिमा दुई वर्षको कार्यानुभव भएको हुनुपर्ने प्रावधान राखिएको थियो ।
बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
