घटना

चिसोले रुकुम पश्चिमका दुई भूकम्प प्रभावितको मृत्यु

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

सुर्खेत । चिसोका कारण रुकुम दुई जना पश्चिमका भूकम्प प्रभावितको मृत्यु भएको छ। जिल्लाको आठबिसकोट नगरपालिका १४ पिपलचौरका ६२ वर्षीय खगीजैसी र ६४ वर्षीय टिके जैसीको चिसोका कारण मृत्यु भएको हो।

भूकम्पका कारण घर भत्किएपछि त्रिपालमुनि बसिरहेका सामान्य अवस्थाकी खगीको मंगलबार अपराह्न ५ बजेतिर ज्यान गएको र अर्का दमका रोगी टिकेको आइतबार राति साढे ९ बजेतिर मृत्यु भएको बताइएको छ ।

बिज्ञापन

गत कात्तिक १७ गते जाजरकोको बारेकोट गाउँपालिका ०१ रामीडाँडा केन्द्रविन्दु भएर गएको ६.४ रेक्टरस्कलको भूकम्पले घर भत्किएकाले उक्त वडाका अधिकांश मानिसहरु त्रिपालमुनि बस्न बाध्य छन्।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।