भोलि काठमाडौंका यी स्थानमा विद्युत् आपूर्ति बन्द हुने
लोक कल्याणकारी विज्ञापन

काठमाडौं । भोलि बिहीबार काठमाडौंका विभिन्न स्थानमा विद्युत् आपूर्ति प्रभावित हुने भएको छ । नेपाल विद्युत् प्राधिकरणले आज एक सूचना जारी गर्दै प्राधिकरणले टेकु सबस्टेसन स्तरोन्नतिको कार्य भइरहेकाले बिहान ११ देखि दिउँसो ३ बजेसम्म विद्युत् आपूर्ति रोकिने जनाएको हो ।
जसअनुसार कालीमाटी पुल, परोपकार, टंकेश्वर, डल्लु, बिजेश्वरी, चमती, भगवान पाउ, डल्लु आवास, जनसेवा मार्ग, काराखुशी, कालीमाटी चोक, साल्ट ट्रेडिङ, सीता पेट्रोल पम्प, टंकेश्वर, महेन्द्र रत्न क्याम्पस, चागल, कलश अपार्टमेन्ट क्षेत्रमा चार घण्टा विद्युत् आपूर्ति बन्द हुने छ ।
बिज्ञापन

बिज्ञापन
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
