घटना समाचार

कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा युवकको मृत्यु 

बिज्ञापन

धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ।

बिज्ञापन

जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाईते भएका बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ।

वि

बिज्ञापन