घटना

कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा युवकको मृत्यु 

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

धनगढीः कैलालीमा मोटरसाइकल एक आपसमा ठोक्किदा एक युवकको मृत्यु भएको छ।

जिल्लाको बर्दगोरिया गाउँपालिकाको वडा नम्बर-२ बौनिया गाउँ नजिक महेन्द्रराजमार्गमा दुर्घटना हुदा एक जनाको मृत्यु भएको छ भने एक जना घाइते भएका छन्। बुधवार बेलुका सुमन थारुले चलाएको से ७ प ५३४७ र लवकुश चौधरिले चलाएको सुदूरपशिचम प्रदेश ०१००१० प १९०२ नम्बर को मोटरसाइकल एक आपसमा ठोक्किदा दुर्घटना भएको प्रहरीले जनाएको छ।

बिज्ञापन

दुर्घटनामा परि बर्दगोरिया गाउँपालिका वडा नम्बर-२ का २५ वर्षीय सुमन थारुको नेपालगन्ज मेडिकल कलेजमा उपचारको क्रममा राति मृत्यु भएको जनाइएको छ। घाईते भएका बर्दगोरिया-२ कुम्भियाका ४९ वर्षीय लवकुश चौधरीको घोडाघोडी अस्पतालमा उपचार भइरहेको र उनको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय बौनियाले जानकारी दिएको छ।

वि

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।