राष्ट्रिय समाचार

प्रधानमन्त्रीको भ्रमणका कारण दुबई जान छुटेका यात्रु अझै अलपत्र

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडाैं – प्रधानमन्त्री पुष्पकमल दाहालको भ्रमणका कारण बुधवार राति छुटेका यात्रु अझै अलपत्र परेका छन्। फ्लाइट नम्बर ‘आरए २२९’ को जहाजमा टिकट काटेकामध्ये ३१ जना यात्रुहरूलाई नेपाल एयरलाइन्सले समय तालिका परिवर्तन गर्दै बुधवार विमानस्थलमा छाडेपछि उनीहरू अलपत्र परेका हुन्।

प्रधानमन्त्री दाहाल प्रतिनिधिमण्डलको सहजताका लागि नेपाल एयरलाइन्सले बुधवार राति ११ः३० बजेको उडान तालिका रहेको नेपाल एयरलाइन्सको जहाज साढे ९ बजे नै उडाएको थियो। निर्धारित समयभन्दा दुई घण्टा अगावै उडान समय तालिका संशोधन गरेपछि ३१ जना यात्रुहरू दुबई जानबाट रोकिएका थिए।

बिज्ञापन

ती मध्ये १० जना यात्रु बिहीवार दुबई पुगेका छन् भने बाँकी २१ जना अझै काठमाडौंमै अलपत्र छन्।  नेपाल एयरलाइन्सका प्रवक्ता रमेश पौडेलले बुधवार छुटेका यात्रुहरूमध्ये सबै दुबई जान नपाएको बताए।

उनले भने, ‘३१ जनामध्ये केही मात्रै बिहीवार दुबईका लागि उडेका छन्। विमानको समय तालिका अनुसार सिट व्यवस्थापन गरेर केही यात्रुहरूलाई पठाइएको छ। बाँकी रहेका यात्रुहरू आज विभिन्न फ्लाइटमा व्यवस्थापन गरेर पठाउँछौँ।’

उनले छुटेका सबै यात्रुहरूलाई टिकट दिइसकेको र आज रातिसम्म सबै छुटेका यात्रु दुबईका लागि उडान भरिसक्ने पनि बताए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।