राष्ट्रिय समाचार

शरणार्थी प्रकरण : खाण र रायमाझीसहितका अभियुक्तलाई छाड्ने वा थुनामै राख्नेबारे आज आदेश आउने

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं – नक्कली भुटानी शरणार्थी प्रकरणको मुद्दामा उच्च अदालत पाटनबाट शुक्रबार आदेश आउने भएको छ। मुद्दामा परेको पुनरावलोकन निवेदनमाथि सुनुवाइ बिहीबार सकिएको हो। अदालतका उपरजिष्ट्रार तीर्थराज भट्टराईले बिहीबार बहस सकिए पनि मुद्दा ‘हेर्दाहेर्दैमा’ राखिएको र शुक्रबार आदेश आउने जानकारी दिए।

न्यायाधीशद्वय जनक पाण्डे र प्रकाश खरेलको संयुक्त इजलासमा मंसिर ५ गतेदेखि निरन्तर थालिएको सुनुवाइ बिहीबार सकिएको हो। बिहीबार प्रतिवादीतर्फका कानून व्यवसायीले जवाफी बहस सकेका हुन् ।

बिज्ञापन

यस प्रकरणमा नेकपा एमालेका नेता तथा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र नेपाली कांग्रेसका नेता तथा पूर्व गृहमन्त्री बालकृष्ण खाणसहितका प्रतिवादीलाई काठमाडौं जिल्ला अदालतले पुर्पक्षका लागि थुनामा पठाएको थियो। काठमाडौं जिल्ला अदालतले गत असार १ गते सुनाएको थुनछेक आदेशविरुद्ध उनीहरुले उच्च अदालतमा पुनरावलोकन निवेदन दिएका थिए।

उक्त निवेदनमाथि उच्च अदालतका न्यायाधीशद्वय पाण्डे र खरेलको संयुक्त इजलासमा निरन्तर हेर्दा हेर्दैमा राखेर सुनुवाइपछि बहस सकिएकाे हाे।

यससँगै उच्च अदालत पाटनले शुक्रवार प्रतिवादीहरुलाई रिहा गर्ने वा थुनामै राखेर मुद्दाको पुर्पक्ष गर्ने भन्ने निर्णय सुनाउनेछ ।

उनीहरूविरुद्ध ठगी, संगठित अपराध, राज्यविरुद्धको कसुर, लिखत सम्बन्धी किर्ते र एकीकृत कसुरमा जिल्ला अदालत काठमाडौंमा मुद्दा विचाराधीन छ।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।