घट्यो पेट्रोलियम पदार्थको मूल्य, अब लिटरको कति ?

काठमाडौं – नेपाल आयल निगमले इन्धनको मूल्य घटाएको छ। बिहीबार राति १२ बजेदेखि लागु हुने गरी निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ तथा डिजेल र मट्टीतेलमा प्रतिलिटर चार रुपैयाँ घटाएको छ ।
मूल्य घटेसँगै काठमाडौं, पोखरा र दिपायलमा पेट्रोलको मूल्य प्रतिलिटर १७० रुपैयाँ र डिजेलको मूल्य १६० रुपैयाँमा झरेको छ। सुर्खेत र दाङमा पेट्रोलको मूल्य प्रतिलिटर १६९ रुपैयाँ र डिजेलको मूल्य १५९ रुपैयाँ कायम भएको छ ।

चारआली, विराटनगर, जनकपुर, अमलेखगञ्ज, भलवारी, नेपालगन्ज र वीरगन्जमा पेट्रोलको मूल्य प्रतिलिटर १६७ रुपैयाँ र डिजेलको मूल्य १५७ रुपैयाँ कायम भएको छ । इन्डियन आयल कर्पोरेसनबाट मूल्य घटेर आएपछि निगमले नेपालमा पनि मूल्य घटाएको हो ।
निगमका अनुसार एलपी ग्यासको मूल्य प्रतिसिलिन्डर २१ रुपैयाँ बढेर आएको छ। अहिले एलपी ग्यासमा प्रतिसिलिन्डर ३०० रुपैयाँ घाटा रहेको निगमको भनाइ छ ।
तर, आमउपभोक्ताको हितलाई मध्यनजर गरेर हाललाई एलपी ग्यासको मूल्य यथावत् राखिएको निगमले बताएको छ।
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
