अर्थ

बैंकहरुले १६ प्रतिशतभन्दा बढी ब्याज लिएको भए उजुरी गर्न गभर्नरको आग्रह

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीले बैंकहरुले १६ प्रतिशत भन्दा बढी व्याज लिएको भए उजुरी दिन आग्रह गरेका छन् ।

लोक कल्याणकारी विज्ञापन

नेपाल आर्थिक पत्रका समाज (सेजन)को २७औं वार्षिकोत्सवको अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा बोल्दै गर्भनर अधिकारीले कुनै पनि बैंकले १६ प्रतिशत वा सोभन्दा बढी ब्याज लिएको भए स्टेटमेन्ट लिएर आउन भनेका हुन् ।

लोक कल्याणकारी विज्ञापन

पछिल्ला केहि दिनमा बैंकहरुले १६ प्रतिशतभन्दा बढी ब्याज लिएको भन्दै हल्ला फैलिएपछि उनले त्यस्तो भएमा प्रमाणसहित उजुरी दिन भनेका हुन् । साथै उनले बढी ब्याज लिएको प्रमाणित भए फिर्ता गराउनेसमेत आश्वासन दिए ।

बिज्ञापन

‘ऋण तिर्न नसकेको कारण कति व्यवसायीहरू समस्या परेका छन् । यो समस्या राज्यका कारण भएको होइन । कसरी तिर्ने भन्ने व्यवसायीको योजना नहुनु हो,’ उनले भने, ‘बाहिर हल्ला र्फलाइएजस्तो बढी ब्याज लिएको पाइए फिर्ता गराउँछौं । तर, प्रमाणित हुनपर्यो ।’

उनले गत आर्थिक वर्ष बैंकहरुले लिएको ४ अर्ब ७६ करोड रुपैयाँ बढी ब्याज रकम फिर्ता गराएको पनि बताए ।

लोक कल्याणकारी विज्ञापन
AD
लोक कल्याणकारी विज्ञापन