बिहीवारदेखि रानी जमराबाट किसानका लागि पर्याप्त सिँचाई पानी उपलब्ध

टीकापुर । राष्ट्रिय गौरवको आयोजना रानी–जमरा–कुलरिया सिँचाई आयोजनाले किसानलाई आवश्यक पर्ने पर्याप्त पानी उपलब्ध गराइएको छ।हिजो (बिहीवार) देखि हिउँदे खेतीका लागि आयोजना कार्यालय टीकापुरले किसानको खेतखेतमा पानी पुग्ने गरी सिँचाई सुविधा उपलब्ध गराएको हो। किसानको मागअनुसार सिँचाई पानी उपलब्ध हुने गरी नहर सञ्चालनमा ल्याइएको हो। उपभोक्ता समितिहरुले आजबाट हिउँदे खेतीका लागि पानी सञ्चालन गर्नुपर्ने निर्णय गरेका थिए।
सोहि निर्णयका आधारमा नहरमा पर्याप्त सिँचाई पानी छोडेको आयोजना कार्यालयले बताएको छ। आजदेखि सञ्चालनमा आएको सिँचाई नहरबाट किसानको खेतखेतमा पर्याप्त पानी पुग्ने गरी नहरमा पानी पठाइएको छ। कर्णाली नदीबाट पराम्परागत रूपमा सिँचाई प्रणाली सञ्चालन हुँदै आएको रानी–जमरा–कुलरिया सिँचाई प्रणालीलाई वृहत सिँचाईका रूपमा विकास गर्न सरकारले यो आयोजना निर्माण गरेको हो।

डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार
यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।
