घटना

लम्कीमा राजमार्ग अवरुद्ध

लोक कल्याणकारी विज्ञापन
Tikapur Nagarpalika Public Welfare Ad

लम्की । बसको ठक्करबाट पैदल यात्रीको मृत्यु भएपछि कैलालीको लम्कीमा पूर्व–पश्चिम राजमार्ग अवरुद्ध गरिएको छ।

बिहीबार साझ लम्कीचुहा–२ मा बसको ठक्करबाट ज्यान गुमाएका डम्बरबहादुर बिष्टका आफन्तले लम्कीमा राजमार्ग अवरुद्ध गरेका हुन्। मृतकको परिवारलाई क्षतिपूर्ति दिने विषयलाई लिएर उनीहरूले राजमार्ग अवरुद्ध गरेको प्रहरीले जनाएको छ। त्यस्तै मृतकको परिवारलाई क्षतिपूर्ति तथा र दोषीलाई कारबाही गर्ने प्रक्रिया सुरु भइसकेकाले शान्ति व्यवस्था कायम राख्न प्रमुख जिल्ला अधिकारी युवराज कट्टलले आग्रह गरेका छन्।

बिज्ञापन

बिहिवार साँझ पश्चिमबाट पूर्वतर्फ जाँदै गरेको ना ५ ख ८७०० नम्बरको बसले ठक्कर दिँदा मोहोन्याल गाउँपालिका–७ का ३७ वर्षीय डम्बरबहादुर विष्टको मृत्यु भएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ। लम्कीचुहा नगरपालिका–२ गणेशपुर चोकमा पैदलयात्रा गरीरहेका बिष्टलाई बसले ठक्कर दिदा गम्भीर घाइते भएका थिए।

बिज्ञापन
Tikapur Nagarpalika AD
डिजाइन प्रतिलिपि अधिकार © २०८२ मलिका समाचार

यस विज्ञापन डिजाइनको प्रतिलिपि अधिकार © २०८२ मलिका समाचारद्वारा सुरक्षित छ। नेपालको प्रतिलिपि अधिकार ऐन, २०५९ अनुसार यसको अनाधिकृत पुनरुत्पादन, वितरण, प्रदर्शन वा प्रसारण कडाईका साथ निषेध गरिएको छ।